“एनसीसी अध्यक्षहरु स्वतः आइसीसी सदस्य”
लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा बरिष्ठ उपाध्यक्ष पद थप्ने तयारी गरिएको छ ।
गैरआवासीय नेपाली संघको आगामी महिना हुने वार्षिक साधारणसभामा प्रस्तुत हुने विधान संशोधनमा एक बरिष्ठ उपाध्यक्ष थप गर्ने प्रस्ताव गरिएको छ ।
नयां प्रस्ताव अनुसारमा अध्यक्ष १, बरिष्ठउपाध्यक्ष १, उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा संयोजक १, सचिव ६, महिला सचिव १, महिला सहकोषाध्यक्ष १ रहने छन् । यस्तै दोस्रो पुस्ताबाट एक जना संयोजक रहने प्रस्ताव गरिएको छ ।
संघका सदस्य सचिव गंगाधार गौतमका अनुसार अगामी कार्यकाल देखी गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति अध्यक्षहरु पदेन आइसीसी (केन्द्रीय) सदस्य रहने छन् ।
संसोधन प्रस्तावको पूर्णपाठ