२१ जेष्ठ २०८१, सोमबार
Follow Us

यूरोपमा एक महिनाभित्र ९ नेपालीको निधन, शब अलपत्र

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७९, शनिबार ०७:५७

लन्डन । गत १ महिनाभित्र यूरोपका बिभिन्न देशमा कार्यरत मध्ये ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार आत्महत्या, ह्दयघात, रेलको ठक्कार, डेंगो, स्विमिङ पुलमा डुवेर, मेसिनमा च्यापिएर लगायतका कारणले युरोपमा ९ नेपालीले ज्यान गुमाएका हुन् ।

सिमखडाका अनुसार टर्की, माल्टा, रोमेनिया, स्पेन, पोर्चुगललगायतका देशमा निधन भएका नेपालीको शव अलपत्र परेका छन् । मोरङकी संगीत राईले टर्कीमा आत्महत्या गरेकी छन् । उनी डिप्रेशनबाट पीडित रहेको बताइएको छ । गत महिना उनको शव गैरआवासीय नेपाली संघ टर्कीको सहयोगमा नेपाल पठाइएको छ ।

यस्तै रोजगारीको लागि १ महिना अघि माल्टा आएकी इलामकी बिनिता ढुंगेलको उपचारको क्रममा नोभेम्बर ३ तारिख निधन भएको छ । उनको डेंगीका कारणले निधन भएको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य सम्बन्धी बिमा नभएका कारणले अस्पतालको बिल मात्र ३० हजार युरो आए पनि परिवार तनावमा रहेको छ । उनको अन्त्यष्टिका लागि आर्थिक सहयोगको पहल गैरआवासीय नेपाली संघ माल्टाले गरेको छ । यस्तै माल्टामै रसुवा घर भएका आकाश बुलुनको स्वीमिङ पुलमा डुबेर मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले जनाएका छन् ।

यस्तै रोमानियमा पछिल्लो एक महिनामा ३ जना नेपालीले ज्यान गुमाएका छन् । नेपाली समाज रोमानियका अनुसार गत अक्टोवरमा झापा दमक स्थायी घर भएको यसप्रसाद दाहालको ह्दयघातका कारणले निधन भएको थियो । गत अक्टोवरमा रोमानियास्थित बुखारेष्ट नजिकै रेलको ठक्कर लागेर खोटाङ घर भएका मिलन राईको मृत्यू भएको छ । नेपाली समाजको सकृयतामा आर्थिक संकलन गरेर उनको शवलाई नोभम्बर ३ तारिख नेपाल पठाएको सिमखडाले जनाए । यस्तै म्याग्दीका ३३ वर्षिया देबेन्द्र पुनको काम गर्नेक्रममा आफु संकलन गर्ने मेसिनमा च्यापिएर ज्यान गएको छ ।

यस्तै काभ्रे पनौतीका जनक सापकोटाको गत साता नेपाल घुम्न गएका बेला काठमाडौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको छ । गैरआवासीय नेपाली संघ पोर्तुगलका अनुसार त्यहाँ गत महिना मात्र २ जना नेपालीको निधन भएको छ। ३ महिने शिशु प्रियन ज्ञवालीको गत नोभेम्बर १ तारिखका दिन मृत्यु भएको थियो भने रुपन्देशी त्रिलोत्तमा स्थायी घर भएका कपिल सिन्धौलीको गत ६ अक्टोवरमा अल्वआयूमा निधन भएको संघले जनाएको छ । उनी बिगत ७ वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका थिए ।