काठमाण्डौं । वैदेशिक रोजगार विभागका अनुसार दैनिक झण्डै तीन हजार युवा दैनिक रोजगारीका लागि विदेशिने गरेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बढ्दै गएको हो ।
देशमा रोजगारीको अभावका कारण विदेश जानेको संख्या दिनानुदिन बढिरहेको विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए ।
गत नोभेम्बर २७ गते वैदेशिक रोजगारीमा गएका २ हजार ६६० मध्ये २ हजार ३ सय ९८ पुरुष र २६२ महिला रहेको भुसालले बताए ।
त्यसैगरी मंसिर २८ गते देश छाडेका ३ हजार १९५ जनामध्ये २ हजार ८ सय ५६ पुरुष र ३ सय ३९ महिला रहेका छन् । मंसिर २९ गते देश छोडेका २ हजार २ सय ८६ मध्ये २ हजार ७३३ पुरुष र २ सय १३ महिला थिए । मंसिर ३० गते दुई हजार ३ सय ६३ पुरुष र २३९ जना रोजगारीको खोजीमा विदेश गएका थिए ।
भुसालका अनुसार विदेशबाट नेपाली कामदारको माग बढ्न थालेपछि श्रम स्वीकृति लिने र वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढेको छ । करिब २ हजारले कार्यालयमै भौतिक उपस्थिति राखी विदेश जाने स्वीकृति लिइरहेका छन् भने झण्डै ८ सय युवाले अनलाइनबाट स्वीकृति लिइरहेका छन् ।
यो संख्याले श्रम गन्तव्य मुलुकमा नेपाली कामदारको माग बढ्दै गएको देखाएको विभागका अधिकारीहरू बताउँछन् । डिओएफईका निर्देशक भुसालले विदेशी उत्पादनमूलक उद्योगले नेपालबाट धेरै कामदार मागिरहेको बताए ।
प्रतिक्रिया