२८ आश्विन २०८२, मंगलवार
Follow Us

राष्ट्रपति पौडेल र चिनियाँ नेताबीच शिष्टाचार भेटवार्ता

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०८०, आईतवार १३:०९

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य युआन जियाजुनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

आइतबार अपराह्न भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ हुने बताएका छन् ।

धेरै पढिएको