१९ असार २०८१, मंगलवार
Follow Us

कुरा काट्ने मान्छेले काटुन-२

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७९, बिहीबार ११:१०

काठमाडौं । ‘कुरा काट्ने मान्छेले काटुन’ को सफलतासँगै गायक सुभाष पुरी र गायिका एलिना चौहानले ‘कुरा काट्ने मान्छेले काटुन २ ’को भिडियो सार्वजनिक गरेका छन् ।

दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडियोमा टिकटकबाट चर्चा कमाएका सरोज राना प्रजा र बिना राउतको अभिनय देख्न सकिन्छ । भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका छन् भने  एरेन्ज, मिक्सिगं र मास्टरिङ विशाल निरौलाले गरेका हुन्  ।

भिडियोको सम्पादन  लक्ष्मण चौहानले गरेका हुन् । बिक्रम चौहानले निर्देशन गरेको भिडियो गायक पुरीकै अफिसियल च्यानल म्युजिक जक्सनबाट बजारमा आएको हो । गायक पुरीकै टिमले निर्माण गरेको ‘कुरा काट्ने मान्छेले काटुन’ले युट्युबमा ९१ लाख भ्युज पाएको छ ।