१३ बैशाख २०८१, बिहीबार
Follow Us

एस्टन भिल्लासँग टोटनहम पराजित

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७९, सोमबार ०५:४१

लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइताबार राति सम्पन्न खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ । पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थामा यथावत छ ।

टोटनहम घरेलु मैदानमा एस्टन भिल्लालाई जित दिलाउन इमी बोन्डिया र डुग्लसा लुइसले समान एक गोल गरे । खेलको ५० औं मिनेटमा इमीको गोल मार्फत एस्टन भिल्लाले अग्रता लिएको थियो । इमीले ओली वाट्किन्सको पासलाई सदुपयोग गरेका थिए । ७३ औं मिोटमा डुग्लासले गोल गर्दै एस्टन भिल्लालाई २–० को जित दिलाएका थिए ।

अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो
इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको स्थितिमा फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो । चेल्सी भने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो । बराबर पछि चेल्सी १६ खेलबाट २५ अंक साथ आठौं. स्थानमा छ । १४ अंकजोडेको फोरेस्ट रेलिगेशन क्षेत्रमा छ ।

खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको गोलमा चेल्सीले खेलमा अग्रता बनाएको थियो । पोलमा ढोकिएको रिबाउँन्ड बललाई बक्स भित्रबाट स्टर्लिङले वान टचमै जाली चुमाएका थिए । खेलको ६३औं मिनेटमा फोरेस्ट खेलमा फर्कियो । बोलीको पासमा सर्जी औरियरले बराबरी गोल गरेका थिए ।

मार्चपछि पिएसजीको पहिलो हार
पेरिस सेन्ट जर्मेन पिएसजी मार्च यता पहिलो पटक पराजित भएको छ । फ्रेन्च लिग वानमा पिएसजी लेन्ससँग आइतबार राति ३–१ ले हार बेहोर्न बाध्य भएको हो ।

स्टार खेलाडी लियोनल मेसी र नेयमार बिना मैदानमा उत्रिएको पिएसजी फिनिसिङमा चुकेको थियो । केलियन एम्बाप्पले पुरा समय खेलेपछि आफूलाई प्रमाणित गर्न सकेनन् ।

दोस्रो स्थानको लेन्स पछिल्लो १७ खेलमा जम्मा एक खेलमा हार बेहोरेको छ । क्रिस्टोफ गाल्टियरको पिएसजी भन्दा लेन्स जम्मा चार अंकले पछि छ । लेन्सको जितमा लुइस ओपेन्डाले एक गोल गरेभने एक गोलको अवसर सृजना गरेका थिए ।

खेलको पाँचौ मिनेटमा फ्राङ्कओस्कीले भलि बललाई गोलमा परिणत गरेका थिए । हुगो इकिटिकेले बराबरी गोल गरे फर्काए । २८औं मिनेटमा रक्षक मार्किन्होसलाई बिट गर्दै ओपेन्डाले २–१ को अग्रता दिलाए । दोस्रो हाफको दोस्रो मिनेटमै एलेक्सिस क्लाउडे मौउरिसले तेस्रो गोल गरेका थिए ।

यस अघि पिएसजी मार्च २० मा मोनाकोसँग ३–० ले पराजित भएको थियो । १० दिनपछि पिएसजीले च्याम्पियन्स लिगमा रियल मड्रिडको सामना गर्दैछ ।