लण्डन । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को इतिहासमै पहिलो पटक नेतृत्व लिएर अन्तर्राष्ट्रिय उडान भर्दै आएकी सफल पाइलट भावना पन्तलाई गैरआवासीय नेपाली संघले सम्मान गरेको छ ।
उनलाई गैरआवासीय नेपाली संघको सचिवालयमा संघका अध्यक्ष डा. अध्यक्ष बद्री केसीले खादा लगाएर सम्मान गरेका हुन् ।
सन् १९९१ मा रुसमा अध्ययन सकेर नेपाल फर्किएर हवाई सेवामा प्रवेश गरेकी ४५ वर्षीय पन्त विगत २५ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध छिन् ।
उनी देशकै तेस्रो महिला पाइटल समेत हुन् । कार्यक्रममा प्रवक्ता सोम सापकोटा समेत उपस्थित थिए ।