१३ बैशाख २०८१, बिहीबार
Follow Us

च्याम्पियन्स लिगः रियल म्याड्रिड र एसी मिलान विजयी

नेपालब्रिटेन संवाददाता
३० चैत्र २०७९, बिहीबार ०६:०५

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका दुई खेलमा स्पेनिस क्लब रियाल म्याड्रिड र इटालियन क्लब एसी मिलान पहिलो लिगमा विजयी भएका छन् । म्याड्रिडले इग्लिस क्लब चेल्सीलाई २–० र मिलानले अर्को इटालियन क्लब नोपोलीलाई १–० ले पराजित गरेको हो ।

स्पेनको मड्रिडमा भएको खेलमा चेल्सीलाई रियल मड्रिडले २–० ले पराजित गरेकाे हाे । खेलको ५९ औं मिनेटका डिफेन्डर बेन चलिवेलले रातो कार्ड खाएपछि चेल्सी १० जनामा समेटिएको थियो । रियलको लागि करिम बेन्जमा र मार्को असेन्सीयोले एक-एक गोल गरेका थिए । पहिलो लिगमा हात पारेको जितसँगै रियल मड्रिडले सेमिफाइनल पुग्ने सम्भावना बलियो पार्दा दोस्रो लिगको खेलपूर्व चेल्सी दवावमा परेको छ ।

यता, मिलानको जितमा इस्माइल बेनेसरले निर्णायक गोल गरेका थिए । खेलको ७४ औं मिनेटमा आन्द्रे फ्रान्क जाम्बोले दोहोरो पहेँलो (रातो) कार्ड पाएका थिए । मिलान र नापोलीबीचको दोस्रो लेग अप्रिल १९ मा नापोलीको मैदानमा हुनेछ ।