७ बैशाख २०८१, शुक्रबार
Follow Us

एभ्रेष्ट कम्पनीले ल्यायो आकर्षक ‘फिटेट किचन दराज’ मा समर सेल, ३० प्रतिशत छुट

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०८०, बुधबार १०:२३

घरमै आएर सित्तैमा मेड टु मेजर सेवा
आफ्नै सुन्दर र बलियो घर होस् भन्ने चाहना हरेक मानिसको हुन्छ । आफ्नो यही सपना पूरा गर्नका लागि मान्छेले जीवनभर संघर्ष गरिरहेको हुन्छ । वर्षौंको मेहनत, संघर्ष र लगनशीलता पश्चात बनाइएको घरमा बसाइको आनन्द पनि अतुलनीय हुनुपर्छ । आफ्नो घरको बसाइलाई सुखानुभूति दिलाउने गरी जीवन्त बनाउन साजसज्जामा पनि उत्तिकै ध्यान दिनुपर्ने इन्टेरियर डिजाइनरहरू बताउँछन् ।

जीवनमा एक पटक बनाइने घर बलियो, सुन्दर र सुखानुभूति दिलाउने हुनुपर्छ । घर बनाउँदा प्रयोग गरिएको काठ र फर्निचरले पनि घरको सुन्दरता बढाउँछ । घर बनाउँदा नभई नहुने काठ झ्याल–ढोका, किचेन -र्याकदेखि साजसज्जामा प्रयोग गरिन्छ । आकर्षक फर्निसिङले मात्र घरलाई जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

घर बनाउँदा कसरी किफायती र गुणस्तरीय फर्निचर छान्ने त ? फर्निचर किन्दा आफू ठगिएको छ कि छैन भनेर कसरी यकिन गर्ने ? कमसल काठ र असल गुणस्तरको फिटेट फर्निचर छुट्याउने मापदण्ड के–के हुन् ? घरको कुन ठाउँमा कस्तो दराज प्रयोग गर्दा खर्च पनि कम हुन्छ ? यस्ता प्रश्नबाट चिन्तित हुनुहुन्छ भने बेलायतमा एभरेष्ट वार्डरोवले नेपाली समूदायलाई लक्षित गर्दै एभ्रेष्ट वार्डरोव कम्पनीले आर्कषक फर्निचरको अफर ल्याएर आएको छ ।

बेलायतमा सुरुआत गरिएको एभरेष्ट वार्डरोव कम्पनी घरको लागि आवश्यक फर्निचर, फिटेट दराज, किचन निमार्ण तथा वितरण गर्ने कम्पनी हो ।

एभरेष्ट वार्डरोबले किचन, डाईनिङ, सिटिङ रुम, लफ्ट, घरको कुनाकाप्चामा खाली रहेको स्थानमा जस्तो बजेटमा डिजाइनर फर्निचर फिट गरिदिन्छ । महिलाहरुको लागि आवश्यक आर्कषक ड्रेसिङ टेवल समेत निमार्ण गरि घरमै ल्याएर फिट गरिदिन्छ । कम्पनीका अनुभवी डिजाइनरहरु घरमै आएर घर सुहाउँदो डिजाइनमा फिटेट दराज निर्माण गरिदिने छन् ।

एभ्रेष्ट वार्डरोव कम्पनी फर्निचर, भान्छा र घरका सामानहरूमा विशेषज्ञता राख्ने कम्पनी हो।