१२ बैशाख २०८१, बुधबार
Follow Us

नागरिकताबारे एनआरएनए यूकेले अन्तरक्रिया गर्दै

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०८०, आईतवार ०५:२४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनए नागरिकता बारे बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
एनआरएनए यूकेका सचिव ज्ञानेन्द्र आलेका अनुसार संघले आगामी आइतवार यूके समय विहान ११ बजे भरर्चुल मार्फत सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, रविना थापा, कुल आचार्य, उपाध्यक्ष डा. हेम राज शर्माले सदस्यता वितरण, विधान र आगामी मार्गचित्रको बारेमा संघको तर्फबाट आआफ्नो भनाईहरु राख्ने भएका छन् ।
अन्तरक्रियामा कानुनविद डा. चन्द्रकान्त ज्ञवाली र गोविन्द बेलवासेले हालै राष्ट्रपतिद्धारा प्रमाणीकरण गरेको नागरिकता विधेयकको बारेमा चर्चा गर्ने छन् ।