२२ भाद्र २०८२, आईतवार
Follow Us

रास्वपा २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्छ : रवि लामिछाने

नेपालब्रिटेन संवाददाता
९ असार २०८०, शनिबार १३:५६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित पार्टीको धादिङ-काठमाडौँ सम्पर्क भेलामा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। लामिछानेले ०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरूले असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढ्नुपर्ने बताए।

सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिर गरे। लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिने गरी अघि बढ्न पार्टी पङ्क्तिलाई आह्वान गरे।

‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर मात्रै लडछौं। अरूले हामीलाई लडाउने तागत नै राख्दैन । म यति भन्न चाहन्छु । प्रयास त हुन्छन्, भइरहेका छन । अहिले देख्नु भएको छैन सङ्गठित रूपमा हामीलाई लडाउने प्रयास भइरहेको छ । यो राम्रो कि त्यो राम्रो भनेर नयाँनयाँ नेताहरूको फोटो राख्दै,’ उनले भने।

धेरै पढिएको