२१ भाद्र २०८२, शनिबार
Follow Us

लामा र तिमस्सिना डिआइजीमा बढुवा

नेपालब्रिटेन संवाददाता
१२ असार २०८०, मंगलवार १५:१०

काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागका दुई अधिकारीलाई बढुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले विभागका सह अनुसन्धान निर्देशक(एसएसपी)द्वय इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशक(डिआइजी)मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

दुवै जना प्रोफेसनल अधिकारी मानिन्छन् ।

धेरै पढिएको