२१ बैशाख २०८१, शुक्रबार
Follow Us

दिएकै दिन एनआरएनए सिईओको राजीनामा स्वीकृत

नेपालब्रिटेन संवाददाता
१७ असार २०८०, आईतवार १८:१७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कार्यकारी अधिकृत रविकिरण अधिकारीको राजीनामा स्वीकृत गरेको छ ।

वालुवाटारस्थित सचिवालयका प्रमुख कार्यकारी अधिकारी आइतवार पदबाट राजीनामा दिएकै दिन स्वीकृत गरिएको संघका महासचिव गौरीराज जोशीले जानकारी दिए । जोशीले अधिकारीले संघको लागि गरेको अतुलनिय योगदानप्रति धन्यवाद दिदै जुलाई १५ तारिख देखि लागू हुने गरि राजीनामा स्वीकृत गरेका हुन् । उनको कार्यकाल आगामी ६ अगष्टमा सकिदै थियो ।

स्रोतका अनुसार अधिकारीलाई उनको कार्यकाल नथपिने जानकारी मौखिक रुपमा यसअघिनै जानकारी दिइएको थियो ।

ओमनको मस्कटमा तीनदिनसम्म चलेको मध्यपूर्व सम्मेलनमा आफू अपमानित भएको भन्दै उनले असन्तुष्टि जनाएका थिए । राजीनामा पछि उनले संघका पदाधिकारीमाथि आरोपप्रत्यारोपमा उत्रिएका छन् ।