२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए पोर्चुगल निर्वाचन : अध्यक्षमा ३ जनाको उम्मेदवारी दर्ता

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०८०, शनिबार ०१:००

लण्डन । गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) पोर्चुगलको आगामी कार्यकालको लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
३० जुलाईमा हुने निर्वाचनको लागि शुक्रवार उनीहरुले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

अध्यक्ष पदको लागि यमेन्द्र घर्ती मगर, उमेश खड्का र दीपा काफ्ले उम्मेदवारी दिएका छन् ।

२ आइसीसी सदस्यको लागि विनु बस्नेत, राजकुमार थापा र सज्जन हमाल सहित ३ जनाले मनोनयन दर्ता गरेका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षको चार जना र उपाध्यक्षको लागि दुई जना र महिला उपाध्यक्षको लागि एकल उम्मेदवारी परेको छ ।

महासचिवको लागि तीन जना र सचिवको लागि ५ जना र कोषध्यक्षको लागि राजेन्द्र प्रसाद डुम्रे र महिला संयोजकको लागि सरिता शर्मा र रेखा शर्माको तथा युवा संयोजकमा नीरज गुरुङको उम्मेदवारी परेको छ ।

त्यसैगरी १५ सदस्यीय सदस्यको लागि करिब २५ जनाको उम्मेदवारी परेको छ ।