२१ असार २०८१, बिहीबार
Follow Us

जन्मदिनमा गंगाधर गौतमले गरे एनआरएनए महासचिवमा उठ्ने घोषणा

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०८०, बिहीबार १५:०६

लण्डन । गैरआासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गंगाधर गौतमले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

संघको केन्द्रीय सचिव रहेका गौतमले विहिवार आफ्नो जन्मदिनको अवसर पारेर अक्टोवर महिनामा हुने ११ औं महाधिवेसनमा सो पदमा उम्मेदवारी दिने तयारी गरेको बताए ।

२० वर्ष देखि बेल्जियमा बसोबास गर्दै आएका गौतम एनआरएनए बेल्जियमको पूर्वअध्यक्ष हुन् । उनले संघको विधान समितिमा बसेर सर्वम्मतको वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । संघको स्थापनाकाल देखि सकृय गौतमले संघको बिभिन्न निकायमा रहेर काम गरेका छन् ।

उनी जनसम्पर्क समिति बेल्जियमको पूर्व सभापति समेत हुन् । विद्यार्थी राजनीतिमा समेत सकृय रहेका गौतम संस्थागत संरचना र संचालन सम्बन्धी विषयका विज्ञ हुन् ।