२८ आश्विन २०८२, मंगलवार
Follow Us

एनआरएनए फाउण्डेसनको नेतृत्वमा रामप्रताप थापा

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०८०, शुक्रबार १३:२७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले परोपकारी गतिविधि सञ्चालन गर्न गठन गरेको एनआरएनए फाउण्डेसनको नेतृत्व रामप्रताप थापाको काँधमा परेको छ। फाउण्डेसनका संस्थापक अध्यक्ष जीवा लामिछानेले राजिनामा दिएपछि पद रिक्त थियो।

बिहीवार बसेको फाउण्डेसनको बैठकले एनआरएनएका संस्थापकसमेत रहेका जर्मनी निवासी थापालाई अध्यक्षमा नियुक्ति गरेको हो। थापालाई अध्यक्ष बनाउन गरिएको प्रस्ताव बहुमतले पारित भएको थियो।

विश्वभर फैलिएका नेपालीले गर्ने परोपकारी कार्यलाई एकीकृत, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले ३ वर्षअघि लामिछानको नेतृत्वमा फाउण्डेसन स्थापना गरिएको थियो।

फाउन्डेसनमार्फत एनआरएनएले नेपालमा प्राकृतिक विपत्ति, शिक्षा, स्वास्थ्य, प्राचीन स्मारकको जीर्णोद्वार, कला, संगीत आदि क्षेत्रमा सहयोग, वैज्ञानिक तथा श्रमिकको क्षमता अभिवृद्धि, खेलकुद विकास र गैरआवासीय नेपालीको उत्थान आदि क्षेत्रमा काम गर्ने लक्ष्य छ।

धेरै पढिएको