१९ बैशाख २०८१, बुधबार
Follow Us

संस्थालाई परिष्कृत बनाएर लैजान अब दुई वर्ष काम गर्छु : डा. बद्री केसी, एनआरएनए कार्यकारी अध्यक्ष

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०८०, सोमबार १७:५२

लण्डन । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले संस्थालाई थप परिष्कृत बनाएर लैजान पुनः आफुले उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।
डा. केसीले अभियान दैनिकलाई दिएको एक अन्तरवार्तामा अझै २ वर्ष नेतृत्वमा रहेर सक्रिय योगदान दिने इच्छ रहेको कारणले त्यसका लागि मेरो उमेदवारी रहने बताए । ।

उनले भने ‘सन् २०२१ मा हुनुपर्ने निर्वाचन विभिन्न कारणले हुन नसकेपछि हामी जति पनि प्रत्याशी थियौं, सबै मिलेर एउटा टीम बनायौं । हामी तीनजना अध्यक्ष मिलेर अहिलेसम्म चलायौं । यो संकट व्यवस्थापनको समय थियो ।
चुनावकै कारण संस्था संकटमा पर्नु हुँदैन भनेर आफ्नो संस्थालाई अघि राखेर आयौं । अहिले आफै कार्यकारी भएर ५९ ओटा देशमा निर्वाचन गरायौं ।’

डा. केसीले हामी यसपालि संसारमा भएको पछिल्लो प्रविधि प्रयोग गरेर निर्वाचन हुने बताए । उनले भने ‘११० देशमा नेपाली छती सबैलाई एकै ठाउँमा राख्ने यस्तो संस्था कहीँ कतै छैन । यसकारण पनि निर्वाचन पद्धति पनि यस्तै बनायौं ।’

उनले विदेशी लगानी ल्याउने एनआरएन मात्र रहेको दावी गर्दै विदेशी व्यवसाय र नेपाललाई जोड्ने माध्य एनआरएनए रहेको बताए ।

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन आगामी अक्टोवर महिनाको तेस्रो साता काठमाण्डौंमा हुदैछ । केसीले सो महाधिवेसनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।