३१ असार २०८२, मंगलवार
Follow Us

राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत अवैध रकमसहित पक्राउ

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०८०, सोमबार ०६:०८

नेपालगन्ज । आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङका कर अधिकृतलाई अवैध रकमसहित प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त कार्यालयका दुई कर्मचारी अवैध रकमसहित काठमाडौं जाँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो भने एक जना फरार छन् ।

आज बिहान नेपालगन्ज विमानस्थलबाट श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जाने लागेका दुईमध्ये कार्यालयका लेखा अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पैसा राखिएको ब्याग विमानस्थल परिसरमै छाडेर भागेपछि प्रहरीले खानतलासी कर्दा उक्त ब्यागभित्र स्रोत नखुलेको २६ लाख रुपैँया बरामद् गरिएको छ ।

बाँके प्रहरी प्रवक्ता नारायण डाँगीकाअनुसार उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । अर्का अधिकृत दीपक पौडेल भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको