१५ बैशाख २०८१, शनिबार
Follow Us

च्याम्पियन्स लिग: बायर्न म्युनिख, रियाल मड्रिड र आर्सनलको विजयी सुरुवात

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०८०, बिहीबार ०५:४४

लन्डन । युएफा च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिख, रियाल मड्रिड र आर्सनलले विजयी सुरुवात गरेका छन् । समुह चरणको पहिलो खेलमा जर्मनीको बायर्न म्युनिखले इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेडलाई ४–३ ले हारायो । जर्मनीमा भएको खेलमा बायर्नलाई विजयी गराउन लेरोए साने, सर्जी नाब्री, ह्यारी केन र म्याथीज टेलले एक एक गोल गरे ।

म्यान्चेस्टर युनाइटेडका क्यासेमिरोले दुई गोल गर्दा रास्मस होएलण्डले एक गोल गरे । समुह ‘ए’ कै अर्को खेलमा टर्कीको गालातासारे र डेनमार्कको एफ.सी कोपनहेगनले २–२ गोलको बराबरी खेले ।

उता समुह ‘बि’ का खेलहरुमा इंग्ल्याण्डको आर्सनलले नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभनलाई ४–० ले हराउँदा स्पेनको सेभिया र फ्रान्सको लेन्सले १–१ गोलको बराबरी खेलेका छन् ।

यसैगरि समुह ‘सि’ मा स्पेनको रियाल मड्रिडले जर्मनीको युनियन बर्लीनलाई १–० ले हराउँदा इटालीको नापोलीले पोर्चुगलको स्पोर्टीङ ब्रागालाई २–१ ले पराजित गर्‍यो ।

समुह ‘डि’ मा अष्ट्रियाको साल्जवर्गले पोर्चुगलको बेन्फीकालाई २–० ले पराजित गर्दा स्पेनको रियाल सोसिडाड र इटालीको इन्टम मिलानले एक एक गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो ।