२० असार २०८१, बुधबार
Follow Us

एनआरएनए निर्वाचन : उम्मेदवारी दर्तामै निर्वाचन समितिको बखेडा !

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०८०, सोमबार २३:१९

लण्डन । गैरआवासीय नेपाली संघको आगामी १९ अक्टोवरमा हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता प्रकृया झनझटिलो र अव्यवहारिक हुने गरि निर्वाचन समितिले सूचना जारी गरे पछि समितिको आलोचना भएको छ ।

१२ अक्टोवर देखि हुन मनोनयन दर्ता प्रकृयानै अवरुद्ध हुने गरि निर्वाचन समितिले उम्मेदवारहरुको लागि १२ वटा शर्तअघि सारेको छ ।

समितिले उम्मेदवारहरुले २ वर्ष भन्दा बढी विदेशमा बसेको प्रमाणको माग गरेको छ । गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार राष्ट्रिय समितिले पंन्जिकृत सदस्यहरुको योग्यता हेरेर सदस्यता वितरण गरे पछि पुनः निर्वाचन समितिले योग्यता चेक गर्ने विषय कार्यक्षेत्र विपरित भएको बताए । उनले मतदाता नामावली अन्तिम भए पछि उनीहरु सबै उम्मेदवार बन्न पाउनु पर्ने तर्क गरे ।
प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानाद्धारा जारी सूचनाको ३ नम्बर बुँद्दामा प्रस्ताव र समर्थकले तोकिएको बमोजिम शुल्क बुझाए रसिद माग गरिएको यसको अर्थ प्रस्ताव र समर्थकले समेत शुल्क तिर्नु पर्ने देखिन्छ त्यो निर्वाचन समितिले प्रस्ट पारेको छैन् ।

नयाँ पुस्ताको संयोजकमा उम्मेदवारी दर्ता गर्न चाहनेले विद्यालय तह सम्म अध्ययन गरेको पुष्टि हुने कागजात माग गरिएको छ । यति छोटो समयमा सो कागजात जुटाउन प्रायः त्यो असम्भव हुन्छ । अन्य उम्मेदवारहरुको लागि पनि बिभिन्न शर्तशहित अनावश्यक प्रमाण पेश गर्न भनिएको छ ।
संघको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने समयमा प्रस्ताव र समर्थक समेत अनिवार्यहरुमा उपस्थित हुनु पर्ने अव्यवहारिक वैधानिक व्यवस्थाले निर्वाचन प्रकृया थप जटिल बनेको छ ।