ताजा खबर

डा. केसीका माग तत्काल सम्बोधन गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नेगरी काम गर्न वार्ता टोलीलाई निर्देशन दिएका छन् । डा. केसीका मागसँग सरोकार राख्ने शिक्षा मन्त्री गोपालमान श्रेष्ठसहित सरकारी वार्ता टोलीमा रहेका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र प्रधानमन्त्री कार्यलयका सचिव गोपीनाथ मैनालीलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको निर्देशन र चासोपछि शिक्षामन्त्रीले प्रधानमन्त्री चिकित्सा शिक्षासम्बन्धी विधेयक रहेको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति समेतलाई विशेष आग्रह गरेरै भए पनि फाष्ट ट्रयाकबाट विधेयक ल्याउन पहल गर्न निर्देशन दिएका छन् । यता अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्