काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल १० दिन लामो युरोप भ्रमणमा निस्कने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल फ्रान्स हुँदै जर्मनी र इटाली जाने कार्यतालिका छ । पेरिसमा उनले ‘पेरिस पिस फोरम’ को कार्यक्रममा सहभागिता जनाउने छन् ।
पौडेल आगामी २२ कात्तिकमा पेसिरका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्रिपरिषद श्रोतले जनाएको छ । उनी १ मंसिरमा स्वदेश फर्कनेछन् ।