१२ श्रावण २०८१, शनिबार
Follow Us

७० हजार धरौटीमा रिहा भए धर्मेन्द्र बाँस्तोला

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०८०, मंगलवार ०५:५९

सवारी दुर्घटनापछि पक्राउ परेका नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला ७० हजार धरौटीमा रिहा भएका छन् ।

दाङ जिल्ला अदालतले शुक्रबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । शुक्रबारै अदालतले तोकेको धरौटी रकम बुझाएर बास्तोला रिहा भएको दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

बाँस्तोलाले हाँकेको बा९च ७१९८ नम्बरको स्कारपिओले पूर्वपश्चिम राजमार्गअन्तर्गत गत २ कात्तिकको राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै रा६प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका–५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।

बाँसकोटा दसैं बिदाका लागि सुर्खेतस्थित घर हिंडेका थिए । दसैं बिदाका कारण अदालतमा बिदा भएकाले उनी लामो समय हिरासतमा बस्नुपरेको थियो ।