काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले बहस नोट पेश गर्ने आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ सम्म बहस नोट माग्न आदेश गरेका हुन् । त्यस्तै मंसिर २४ गतेलाई अर्को पेसी तोकिएको छ । बहसलाई छोट्याउन न्यायाधीशले बहस नोट माग्ने गर्छन् ।