१७ असार २०८१, आईतवार
Follow Us

माल्टामा छतबाट खसेर एक जना नेपालीको निधन

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०८०, आईतवार २२:१६

लण्डन । छतबाट खसेर माल्टामा एक जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ माल्टाका अनुसार नवलपरासी घर भएका
२५ वर्षीय कृष्णबहादुर थापा क्षेत्री आइतवार विहान मृत फेला परेका हुन् ।

गैरआवासीय नेपाली संघका सचिव भिम कमल केसीका अनुसार क्षेत्री बस्ने घर भन्दा तीन सय मिटरको दुरीमा रहेको अर्को बिल्डिङको तल मृत अवस्थामा भेटिएका थिए । उनको मोबाइल भने बिल्डिङको चौथो तलाबाट प्रहरीले बरामत गरेको थियो ।

प्रहरीले घट्नाको छानविन गरिरेको बताइएको छ । गैरआवासीय नेपाली संघ माल्टाले उनको चिरशान्ती कामना सहित हार्दिक श्रदान्जली ब्यक्त गरेको छ ।