२१ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायत आउन लागेका रवि लामिछानेलाई भेट्न कहाँ जाने ?

नेपालब्रिटेन डट कम्
२० मंसिर २०८०, बुधबार ११:०२

लन्डन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आसन्न बेलायत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ ।

डिसेम्बर १० मा बेलायत उत्रिएर १४ मा नेपाल फर्किने उनले मुख्यतः यहाँस्थित नेपाली समुदायासँग अन्तरक्रिया साथै बेलायती राजनीतिज्ञहरुसँग भेट्ने भएका छन्।

रास्वपा समर्थक ‘प्रवास नेपाली सम्पर्क विभाग यूके’ ले गत विहीबार सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार लामिछाने डिसेम्बर १० तारिख बिहान लन्डन हिथ्रो उत्रिनेछन्।

सोही दिन स्वीन्डनका नेपाली समुदायसँग उनले अन्तरक्रिया गर्ने प्रवक्ता विष्णु चालिसेले जानकारी दिए ।

डिसेम्बर ११ तारिख दिउंसो बर्मिङहममा आयोजना हुने अन्तरक्रियामा भाग लिने सभापति लामिछानेले भोलिपल्ट मंगलबार बिहान साउथ इष्ट लन्डन र बेलुका अल्डरसटको एम्पायर हलमा स्थानीय नेपालीसँग अन्तरक्रिया गर्नेछन्।

डिसेम्बर १३ बुधबार बिहान दूतावासमा छलफल कार्यक्रम छ भने अपरान्ह बेलायती संसद भवनमा राजनीतिक भेटघाट तय गरिएको छ।

सो क्रममा लामिछानेले बेलायती छांया विदेशमन्त्री, बेलायती सांसद एवं राजनीतिज्ञहरुलाई भेट्ने कार्यक्रम रहेको प्रवक्ता चालिसेले जनाए।