१२ श्रावण २०८१, शनिबार
Follow Us

रवि लामिछानेलाई एनआरएनएको ७ बुँदे ज्ञापनपत्र

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०८०, बुधबार ०८:५९

लण्डन । बेलायतभ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले मंगलवार अल्डरशटमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली नागरिकता लिदा आएका समस्याहरुमा पार्टीको तर्फबाट सहजिकरण गरिदिनको लागि आग्रह गरेका हुन् ।

संघको तर्फबाट दिइएको ज्ञापनपत्रमा संविधानमै व्यवस्था भएबमोजिम आम नेपाली नागरिक सरह गैरआवासीय नेपाली नागरिकलाई सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार उपभोगमा सहजीकरण गरिदिनुहुन, गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई भिसा लिनु नपर्ने र भिसाको म्याद अवधि सकिएकाले पनि थप गरिरहनु नपर्ने विषयका लागि अध्यागमन विभागमार्फत कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउन पहल गरिदिनुहुन, गैरआवासीय नेपाली नागरिकलाई समेत नेपाली सरह बैंक खाता खोल्न र सञ्चालन गर्नका लागि नेपाल राष्ट्र बैंकमार्फत परिपत्र, समेत नेपालमा कम्पनी दर्ता, सञ्चालन, व्यवस्थापन र खारेज गर्न पाउने व्यहोरासहित कम्पनी रजिष्ट्रारको कार्यालयलाई परिपत्र गरिदिन, गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई नेपालको राहदानी प्राप्तीका लागि समेत पहल गरिदिन आग्रह गरिएको छ ।

लामिछानेले ज्ञापनपत्र बुझ्दै गैरआवासीय नेपालीका मागहरुको बारेमा आफु जानकारी रहेको बताउँदै अगामी दिनमा इमान्दार भएर गैरआवासीय नेपालीहरुको हक र हितको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।