१२ श्रावण २०८१, शनिबार
Follow Us

हमासले बन्धक बनाएका आफ्नै नागरिकमाथि आक्रमण गर्दा…

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०८०, शनिबार ०६:५७

इजरायली सेनाले गाजामा जारी सैन्य कारवाहीका क्रममा गल्तीबश हमासले बन्धक बनाएका आफ्नै नागरिक माथि गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।

सैन्य कारवाहीका क्रममा आफ्नै नागरिकलाई चिन्न नसकी आफ्नो संगठनलाई धम्क्याएको भन्ने सोचेर गोली चलाएको इजरायली रक्षा सेनाले जनाएको छ । आफ्नै नागरिकको सुरक्षाका लागि गरिएको भनिएको युद्धमा आफ्नै नागरिक मारिएकोमा सेनाले पश्चताप गरेको छ ।

मारिने तीन जनामा २८ वर्षीय योतम हाइम, २२ वर्षीय समेर तलल्का र २६ वर्षीय एलोन समरिज रहेका छन् । उत्तरी गाजाको सैजैयामा भइरहेको सैन्य कारवाहीमा उनीहरु मारिएका हुन् ।

गत अक्टोबर ७ मा इजरायलमा गरिएको आक्रमणमा क्रममा बन्धक बनाइएका मध्ये अझै १ सय जनाभन्दा बढी अझै पनि गाजामा हमासको कब्जामा रहेका छन् ।

इजरायली डिफेन्स फोर्सले हिजो भएको घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनाप्रति गहिरो पश्चाताप गर्दै मृतकका परिवारलाई समवेदना व्यक्त गरिएको छ । सेनाले आफ्नो मिसन भनेकै बेपत्ताको खोजी गर्नु र सबै बन्धकलाई सकुशल घर फर्काउनु रहेको पुनः दोहोर्‍याएको छ ।