१२ श्रावण २०८१, शनिबार
Follow Us

कांग्रेसको आह्वानमा पूर्वपश्चिम राजमार्ग बन्द

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०८०, शनिबार १३:४५

बारा । गत बुधबार बाराको सिम्रौनगढ नगरपालिकामा भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।

शिक्षक कर्मचारीहरुले आफ्नो तलब माग गर्दै हडतालका क्रममा प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका–१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो । घटनाको विरोधमा आज नेपाली काँग्रेस क्षेत्र नं १ को आयोजनामा पुर्व पश्चिम राजमार्गमा चक्का जाम गरेको हो ।

शिक्षक कर्मचारीहरुले आफ्नो तलब माग गर्दै शान्तिपूर्ण हडतालमा प्रहरीले बल प्रयोग गरी हत्या भएको घटनामा २४ घण्टा बिते पनि माग सम्बोधन नभएपछि आन्दोलन गर्नुपरेको आयोजकले जनाएका छन् ।

शनिबर दिउँसो १ बजेदेखि शुरु भएको चक्काजाममा आन्दोलनकारीहरुले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सिम्रौनगढका नगरप्रमुख किशोरी कलवारको पुत्ला दहन तथा राजीनामाको माग गरेका छन्।