१४ असार २०८१, बिहीबार
Follow Us

‘तिम्रो र मेरो’को साथमा आए सविन र स्मिता

नेपालब्रिटेन संवाददाता
६ माघ २०८०, शनिबार ०४:३१

काठमाडौं । सन् ८० को दशकको झझल्को दिने गरि निर्माण गरिएको नयाँ म्युजिक भिडियो ‘तिम्रो र मेरो’ सार्वजनिक भएको छ। यस गीतमा गायक सविन सुवेदी र गायिका स्मिता दाहालको मिठासपूर्ण गायकी सुन्न सकिन्छ। गीतलाई अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहारले लेखेका हुन् भने वरिष्ठ संगीतकार रञ्जित गजमेरले संगीतवद्द गरेका हुन्।

म्युजिक भिडियोमा प्रभात पाल ठकुरी र सलिना खत्रीलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन्। हेमन लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई श्याम लामा र जेबिआर सनमको सयुक्त निर्देशनमा तयार पारिएको हो। भीमा लोहार निर्मात्री यस गीतको भिडियोलाई ‘गोलो प्रडक्शन’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

यसअघि गीतकार लोहारको शब्दमा ‘जुनमा हेरु तिमीलाई’, ‘किन मायामा’, ‘जिन्दगी यस्तै हो’, ‘तिम्रै नाम होस्’, ‘मेरो कथाको’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायतका दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।