१८ बैशाख २०८१, मंगलवार
Follow Us

म्यानचेस्टर सिटी सबैभन्दा मुल्यवान टिम

नेपालब्रिटेन संवाददाता
६ माघ २०८०, शनिबार ०४:३२

लन्डन ।  म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मुल्यवान टिम बनेको छ । फुटबल बेन्चमार्कले सार्बजनिक गरेको युरोपियन फुटबल क्लबहरुको बार्षिक रिपोर्ट अनुसार म्यानचेस्टर सिटीको अहिलेको टिम विश्वको सबैभन्दा बढी मुल्यको रहेको हो ।

यस रिपोर्टमा २०२३ मा युरोपका टप पाँच लिगमा क्लबहरुले खेलाडी ट्रान्सफरमा १.१ बिलियन युरो खर्च गरेका छन् । म्यानचेस्टर सिटीको टिमको अहिलेको बजार मुल्य १४१४ मिलियन युरो रहेको छ । जुन अघिल्लो बर्षको भन्दा ९ प्रतिशतले बढी हो ।

त्यस्तै यस सूचीमा दोस्रो स्थानमा फ्रेन्च च्याम्पियन पिएसजी रहेको छ । पिएसजीको टिमको बजार मुल्य ११५२ मिलियन युरो गरेको छ, जुन अघिल्लो बर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।

त्यसैगरी यस सूचीमा तेस्रो स्थानमा रियल म्याड्रिड रहेको छ । रियल म्याड्रिडको टिमको बजार मुल्य ११५२ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।

त्यसैगरी जर्मनी क्लब बायर्न म्युनिख यस सूचीमा चौथो स्थानमा रहेको छ । बायर्नको टिमको बजार मुल्य १०२३ मिलियन युरो रहेको छ । बायर्नको बजार मुल्य अघिल्लो बर्षको तुलनामा २ प्रतिशतले घटेको छ ।

त्यस्तै स्पेनिस क्लब बार्सिलोना यस सूचीमा पाँचौं स्थानमा रहेको छ । बार्सिलोनाको टिमको अहिलेको बजार मुल्य अघिल्लो बर्षको तुलनामा एक प्रतिशतले कम १००५ मिलियन युरो रहेको छ ।

यस सूचीमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा छ र यसको टिमको बजार मुल्य ९६६ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।

त्यसैगरी यस सूचीमा इटालियन क्लब नापोली सातौं स्थानमा रहेको छ । नापोलीको टिमको बजार मुल्य ६८२ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ९ प्रतिशतले बढी हो ।

त्यसैगरी यस सूचीमा आठौँ स्थानमा जर्मनी क्लब बोरुसिया डोर्टमण्ड रहेको छ । डोर्टमण्डको टिमको बजार मुल्य ६०९ मिलियन रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ३ प्रतिशत कम हो ।

त्यस्तै यस सूचीमा नवौं स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ । युभेन्टसको अहिलेको टिमको बजार मुल्य ४६५ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले कम हो ।

त्यस्तै यस सूचीमा दशौँ स्थानमा पोर्चुगलको क्लब बेनिफिका रहेको छ । बेनिफिकाको अहिलेको टिमको बजार मुल्य ४१७ मिलियन युरो रहेको छ जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।