२७ असार २०८२, शुक्रबार
Follow Us

जिबी राईबाट ठगिएका सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छः रवि लामिछाने

नेपालब्रिटेन संवाददाता
६ माघ २०८०, शनिबार ०४:३३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले जिबी राई समूहद्वारा ठगिएका सहकारी पीडितको रकम राज्यले फिर्ता गर्नुपर्ने बताएका छन् । चितवमको भरतपुर–११ स्थित आफ्नो सचिवालयमा हिजाे शुक्रबार सहकारी पीडितसॅगको सामूहिक भेटमा लामिछानेले लगानीकर्ताको रकमसुरक्षा गर्ने जिम्मा राज्यको भएको बताए । पीडितको रकम तत्काल फिर्ता गरेपछि सहकारी सन्चालकबाट सोध भर्ना गर्न उनले सरकारसॅग माग गरे ।

‘राज्यले सञ्चालन गर्न अनुमति दिएपछि बचतकर्ता उठिबास भएको अवस्थामा राज्यले जिम्मा लिनुपर्छ,’ उनले भने ‘बचत कर्ताको रकमफिर्ता गर्नमा हामी राज्यलाई सहयोगी भूमिका खेल्छौँ।’लामिछानेले संसदरो हिउँदे अधिवेशनमा आफ्नो दलले सहकारी पीडितका एजेण्डा जोडतोड्ले उठाउने बताए । सहकारी पीडितलाई जसरी पनि न्याय दिलाउने प्रतिबद्धता उनले जनाए ।

त्यसक्रममा सहकारीपीडितले आफूहरुको रकम छिटो फिर्ताका लागि पहल गरिदिन लामिछानेसंग माग गरेका थिए । ग्यालेक्सी फोरके टेलिभिजनकासन्चालकसमेत रहेका साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक जिबि राई समूहले बचतकर्ताको करोडौं रकम ठगीगरेको पुष्टि भइसकेको छ ।

सहकारी पीडित संषर्ष समितिका अध्यक्ष शालिक दवाडीले सहकारीका सञ्चालकलाई पक्राउ गरेर बचतकर्ताको रकम फिर्ता गर्न माग गरे । लामिछानेलाई साहारासहित राई समूहले सन्चालन गरेको सनराईज बचत तथा ऋण र शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाकाडेढ सय बढी बचत कर्ताले सामूहिक रुपमा भेटेका थिए ।

धेरै पढिएको