१५ बैशाख २०८१, शनिबार
Follow Us

स्काउटको निर्वाचनमा ५ जना एमालेबिरुद्ध दावी बिरोध

नेपालब्रिटेन डट कम्
२५ माघ २०८०, बिहीबार २३:४८

काठमाण्डौं । नेपाल स्काउटमा यहि मिति २०८० माघ २७ गते हुन गइरहेको निर्वाचनका लागि राष्ट्रिय परिषद र प्रदेश परिषद्कालागि उम्मेदवारी दिएका विभिन्न व्यक्तीहरुको योग्यता पुरा नभएको पाइएको छ । नेपाल स्काउट ऐन २०५० को दफा १८क को उपदफा ख र ग को प्रतिकुल राजनीतिक सदस्यता लिएका र राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएको छ । जुन विश्व स्काउटको विधानको प्रस्तावनामा उल्लेखित ‘स्काउट गैह् सरकारी र गैह् राजनीति’ हुन्छ भन्ने मान्यता विपरित पनि रहेको छ । तर ५ जना नेकपा एमालेका कार्यकर्ताहरुले उम्मेदवारी दर्ता गरे पछि दावी बिरोध परेको छ ।

दावी बिरोध

मितिः २०८०/१०/२५
श्री नेपाल स्काउट निर्वाचन समिति
लैनचौर, काठमाडौं ।

विषयः उम्मेदवारी खारेज गरि पाउँ ।

महोदय,
उपरोक्त सम्बन्धमा नेपाल स्काउटमा यहि मिति २०८० माघ २७ गते हुन गइरहेको निर्वाचनका लागि राष्ट्रिय परिषद र प्रदेश परिषद्कालागि उम्मेदवारी दिएका विभिन्न व्यक्तीहरुको योग्यता पुरा नभएको पाइएको छ । नेपाल स्काउट ऐन २०५० को दफा १८क को उपदफा ख र ग को प्रतिकुल राजनीतिक सदस्यता लिएका र राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएको छ । जुन विश्व स्काउटको विधानको प्रस्तावनामा उल्लेखित ‘स्काउट गैह् सरकारी र गैह् राजनीति’ हुन्छ भन्ने मान्यता विपरित पनि रहेको छ । त्यसैले स–प्रमाण सहित उल्लेखित निम्न व्यक्तीहरुको उम्मेदवारको मनोनयन खारिजी गरि पाउँ भनि यो निवेदन पेश गरेको छु :

१) रवि खनाल
उम्मेदवारी मनोनयन : कोशी प्रदेशबाट राष्ट्रिय परिषद खुल्ला स्काउटर तर्फ ।
निज व्यक्ती नेकपा एमाले सुनसरी जिल्ला कमिटीको प्रचार विभाग प्रमुख एवं संगठन विभाग सचिव रहेको ।

२) अजित कुमार लामा
उम्मेदवारी मनोनयन : मधेश प्रदेशबाट राष्ट्रिय परिषद खुल्ला स्काउटर तर्फ ।
निज व्यक्ती नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काठमाडौंका सह–इन्चार्ज रहेको ।

३) दिनानाथ भट्टराई
उम्मेदवारी मनोनयन : लुम्बिनी प्रदेशबाट राष्ट्रिय परिषद खुल्ला स्काउटर तर्फ ।
निज व्यक्ती नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका सह–इन्चार्ज रहेको ।

४) आर्शिवाद सुवेदी
उम्मेदवारी मनोनयन : गण्डकी प्रदेशबाट राष्ट्रिय परिषद खुल्ला स्काउटर तर्फ ।
निज व्यक्ती नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको केन्द्रिय सदस्य रहेको ।

५) केशरत्न बज्राचार्य
उम्मेदवारी मनोनयनः बाग्मती प्रदेश परिषद तालिम दल पुरुष तर्फ ।
निज व्यक्ती नेकपा एमालेको कीर्तिपुर नगरपालिका वडा नं. १० को सचिव रहेको र गत २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट कीर्तिपुर नगरपालिकाको नगर प्रमुखको उम्मेदवार रहि पराजित भएको ।

संलग्न कागजातहरुः
१) रवि खनालले नेकपा एमाले सुनसरी जिल्ला कमिटीको प्रचार विभाग प्रमुखको हैसियतमा प्रकाशित प्रेस विज्ञप्ती ः १ थान

२) अजित कुमार लामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काठमाडौंका सह–इन्चार्ज रहेको भन्ने राष्ट्रिय युवा संघ नेपालले प्रकाशित गरेको नामावली । ः १ थान

३) दिनानाथ भट्टराई नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका सह–इन्चार्ज रहेको भन्ने राष्ट्रिय युवा संघ नेपालले प्रकाशित गरेको नामावली । ः १ थान

४) आर्शिवाद सुवेदी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको केन्द्रिय सदस्य रहेको भन्ने अनेरास्ववियूले प्रकाशित गरेको नामावली । ः ३ थान

५) केशरत्न बज्राचार्य नेकपा एमालेको कीर्तिपुर नगरपालिको तर्फबाट हस्ताक्षर गरिएको पत्र । १ थान

६) केशरत्न बज्राचार्य गत २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट कीर्तिपुर नगरपालिकाको नगर प्रमुखको उम्मेदवारमा पराजित समाचारको अंस । यो विषयमा थप निर्वाचन आयोगको वेव साइटमा पनि हेर्न सकिन्छ ।

७) राजनीतिक गतिविधिमा संलग्न तस्विरहरु ।

बोदार्थ
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरवार, काठमाडौं ।