१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

‘स्त्री २’ मा जाेडिए वरुण धवन

नेपालब्रिटेन संवाददाता
२८ माघ २०८०, आईतवार ०६:४३

मुम्बइ  । वरुण धवन यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म भीडी १८ को कारण चर्चामा छन् । उनको फिल्मको शीर्षक र फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको टिजर सार्वजनिक गरेको हो । वरुण धवनको फिल्म भीडी १८ को नाम ‘बेबी जोन’ हो र फिल्म मे ३१, २०२४मा सिनेमाघरहरूमा रिलिजको लागि तयार छ।

यसैबीच, अहिले वरुण धवन अर्को फिल्मको हिस्सा बन्ने खबर आएको छ । बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै वरुण धवन श्रद्धा कपूर र राजकुमार रावको हरर कमेडी फिल्म ‘स्त्री २’ मा प्रवेश गरेको बताइएको छ । फिल्ममा अभिनेताको क्यामियो रोल हुनेछ र उनले त्यसको लागि सुटिङ पनि गरेका छन् । वरुण धवनले ‘स्त्री २’ मा आफ्नो भूमिकाको लागि दुई दिनमा सुटिङ गरेको रिपोर्टले दाबी गरेको छ ।

रिपोर्टमा यो पनि बताइएको छ कि वरुण धवन ‘स्त्री २’ मा आफ्नो ‘भेडिया’ भूमिकामा देखिने छन् । दिनेश विजनको निर्देशनमा बन्न लागेको यो हरर कमेडी फिल्ममा वरुणको भूमिका उनको फिल्म ‘भेडिया २’ को आधार हुनेछ, जसको सुटिङ सन् २०२५ मा सुरु हुँदैछ । ‘भेडिया २’ को कथा पनि त्यहीँबाट सुरु हुनेछ, जहाँ ‘स्त्री २’ को कथा समाप्त हुन्छ ।

वरुण धवनको वर्कफ्रन्टको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म बवलमा देखिएका थिए । अब अभिनेता ‘बेबी जोन’ मा देखिनेछन् । यसबाहेक अभिनेताको पाइप लाइनमा सिटाडेल छ, जसमा उनीसँगै दक्षिण अभिनेत्री सामन्था प्रभु देखिने छिन् । यसबाहेक अब उनीसँग ‘स्त्री २’ पनि छ, जुन अगस्ट ३०, २०२४ मा सिनेमाघरमा रिलिजको लागि तयार छ।