१५ बैशाख २०८१, शनिबार
Follow Us

पोखरा म्याराथनको शीर्ष ३ मा केन्याली खेलाडी, नेपालका किरणसिंह बोगटी चौथो

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०८०, शनिबार ०५:५५

पोखरा । केन्याका जुलियस मिरुकी वाहोमले सफल पोखरा म्याराथनको १८ औँ संस्करणको उपाधि जितेका छन्।

पोखरामा शनिबार बिहान भएको म्याराथनमा मिरुकीले निर्धारित ( ४२.१९५ किमी) दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।
उपाधिसँगै उनले ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

दोस्रो र तेस्रो स्थान पनि केन्याका धावकले नै जितेका छन्। नेपालका किरणसिंह बोगटी चौथो बन्न सफल भएका छन्।

केन्याका स्कास किहारा कामीनी दोस्रो भए। उनले निर्धारित दूरी २ घण्टा, २० मिनेट ०५ सेकेण्डमा पार गरे। तेस्रो भएका एडविन किप्लागट तेस्रो भए। उनले २ घण्टा २० मिनेट ४५ सेकेण्डको समय निकालेका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद ( साग) का स्वर्ण पदक विजेता किरणले निर्धारित दुरी २ घण्टा २९ मिनेट ३७ सकेण्डमा पूरा गरेका थिए।

भुतपूर्व खेलाडी मन्च पोखराको आयोजनामा‌ भएको प्रतियोगिताको पुरुष म्याराथनमा १ सय २१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।