१२ श्रावण २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री बनेकाहरूले आफ्नो घर बनाए पनि देश बनाउन सकेनन्: चन्द्र भण्डारी

नेपालब्रिटेन संवाददाता
५ फाल्गुन २०८०, शनिबार १३:२८

काठमाडौं । कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपालीले नेपालभित्र नै नेपाल खोज्न नसकेको बताएका छन । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन ।

उनले नेपालको प्राकृतिक स्रोत साधनको सही तरिकाले परिचालन र सही तरिकाले देशको नेतृत्व गर्न नसकिएको बताएका छन । उनले वीर गोर्खाली भनेर संसारलाई स्वतन्त्र बनाउन हिँडेकाहरूलाई देश विकासमा लगाउन नसक्नु ठुलो कमजोरी भएको बताएका छन ।

नेता भण्डारीले मन्त्री, प्रधानमन्त्री बनेकाहरूले आफ्नो घर बनाए पनि समग्र नेपाल बनाउनेबारे नसोचेको बताएका छन । उनले नेताहरूले थोरै लोभ त्याग्ने र कर्मचारीहरूले छिटो–छिटो काम गर्दिने हो भने असन्तुष्टिहरू काम हुँदै जाने बताएका छन ।

उनले अहिलेको स्थितिको समाधानका लागि सबै राजनीतिक दलहरूले आफूभित्रै परिवर्तन गर्नुपर्ने बताएका छन । उनले मुलुक बिगार्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने उनले बताए ।

वरिपरि गरिब राखेर बिचको ठुलो घर अब धेरै दिन टिक्दैन भन्ने सन्देश दिन आवश्यक रहेको बताएका छन । कांग्रेसको महासमितिको बैठकमा दस्ताबेज बनाउँदा र कार्यक्रम ल्याउँदा जनतासँग जोडिएका, किसानसँग जोडिएका र राज्यका संरचनासँग जोडिएका कुराहरूलाई अगाडि बढाउने बताएका छन ।

उनले अहिले नेपालको राजनीतिक नेतृत्व अत्यन्त कमजोर रहेको दाबी गर्दै उनले संविधान संशोधनको कुरा उठाउँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका छन ।

उनले अहिले कांग्रेसमा उठिरहेको हिन्दु राष्ट्रको बहस एकआपसमा छलफल र समीक्षा हुने बताएका छन । उनले आफू लागेको बाटोलाई यो राम्रो नराम्रो भन्नुभन्दा पनि जनताको भावनालाई कदर गर्नुपर्ने बताएका छन । धर्मनिरपेक्षताको पक्षमा कांग्रेसले पनि हस्ताक्षर गरेको भन्दै आफू यसको विरुद्धमा नबोल्ने उनले बताएका छन ।