१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको छ: अख्तियार प्रमुख राई

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०८०, मंगलवार १४:०५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान जारी रहेको बताएका छन ।

आज (मंगलबार) संसदको सार्वजनिक लेखा समितिले विगतमा दिएको निर्देशनमा के भइरहेको भनेर अख्तियार प्रमुख राईसँग छलफल गरेको थियो ।

जवाफमा उनले भने, ‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो, ‘हामीले छानबिन गरिरहेको छौं । पोख्न प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोष ठहर्‍याएर मुद्दा लैजान हुँदैन ।’

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा एमाले नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भएको थियो । यो विवादपछि बास्कोटाले मन्त्रीपदबाट राजीनामा पनि दिएका थिए ।