७ जेष्ठ २०८१, सोमबार
Follow Us

अर्थमन्त्री महत अमेरिका भ्रमणमा जाने

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०८०, मंगलवार १४:०५

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत अमेरिका भ्रमणमा जाने भएका छन ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चैत १ देखि ९ गतेसम्म अमेरिकाको बाशिङटन डिसीमा हुने विश्व बैंक र नेपालबीचको साझेदारीको नयाँ खाका, नेपालमा आयोजना हुन लागेको आईडीए २१ रिप्लेसमेन्टको दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत आयोजनासम्बन्धी बैठकमा अर्थमन्त्री र सचिव सहितको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिएको हो ।

बैठकले परराष्ट्रमन्त्री एनपी साउद र सचिव सेवा लम्सालको भारत भ्रमण पनि स्वीकृत गरेको स्रोतले जानकारी दिएको छ ।