ताजा खबर

रोमानियामा ३९ वर्षीय नेपाली युवकको शव तालमा फेला

रोमानिया — रोमानियाको अर्जेस जिल्लास्थित क्यालिनेस्टी (Călinești) क्षेत्रमा एक ३९ वर्षीय नेपाली युवक मृत अवस्थामा फेला परेका छन्।

प्राप्त समाचारअनुसार उनी स्थानीय एक कृषि कम्पनीमा कार्यरत थिए। गत नोभेम्बर २२ तारिख बिहान आफू बस्दै आएको आवासबाट बाहिरिएपछि उनी सम्पर्कविहीन भएका थिए।

उनी सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा ताल नजिकै उनको झोला फेला परेको थियो। त्यसपछि खोजी कार्यलाई तीव्र बनाइएको थियो। खोजीका क्रममा अन्ततः तालको पानीमा उनको शव फेला परेको हो।

रोमानियाली सञ्चारमाध्यमका अनुसार घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृतक नेपाली नागरिकको पहिचान भने हालसम्म सार्वजनिक गरिएको छैन।

यस दुःखद घटनाले रोमानियामा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता