२७ बैशाख २०८१, बिहीबार
Follow Us

भाइरल शर्मिला वाइबालाई किन पक्रियो सिन्धुपाल्चोक प्रहरीले

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०८०, बुधबार १४:११

काठमाडौं । आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा सिन्धुपाल्चोक बाह्रबिसेबाट पक्राउ परेकी छन । काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिएका छन ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको प्रहरीले जानकारी दिएको छ ।

केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि गरेको आरोप छ । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काटठमाण्डु एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।