२७ बैशाख २०८१, बिहीबार
Follow Us

एलन मस्कको भाइरल ट्वीट: जापान गायब हुँदैछ

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०८०, शुक्रबार १३:५१

अर्बपति एलन मस्कले सामाजिक सञ्जालमा निकै सक्रिय रहेका छन । मस्कले सामाजिक सञ्जालमा निकै सक्रिय रहने अर्बपति एलन मस्कले एक्समा गरेको एउटा पोस्ट अहिले निकै चर्चा पाएको छ ।

मस्कले अचानक ट्वीट गरेर लेखे कि : जापान छिटै समाप्त हुनसक्छ । उनको उक्त पोस्टले धेरैलाई अचम्ममा पारेको छ । वास्तवमा एलन मस्क मानिसहरुले धेरै बच्चा जन्माउनुपर्छ र पृथ्वीमा जनसंख्या बढाउनमा योगदान गर्नुपर्छ भन्ने कुरामा सधै मुखर रहँदै आएका छन् ।

उनले पटक पटक भन्ने गरेका छन् कि विश्वमा मानिसहरुको कमी छ । जनसंख्याको गिरावट मानव सभ्यताका लागि समेत ठूलो खतरामध्ये एक रहेको उनले बताउने गरेका छन ।

यहीँ क्रममा उनले जापानको जन्मदर कीर्तिमानी रुपमा तल झरेको समाचारउपर आफ्नो प्रतिक्रिया सोसल मिडिया प्लाटफर्म एक्समा शेयर गरेका छन् । उक्त पोस्टमा लेखिएको थियो ः जापानको जन्मदर कीर्तिमानी न्यूनस्तरमा पुगेको छ । एकजना बच्चा जन्मिँदा दुईभन्दा धेरै मानिसको मृत्यु भईरहेको छ ।

करीब १२ करोड ५० लाख जनसंख्याका लागि हरेक वर्ष करीब १० लाख मानिसलाई गुमाउनु ठीक होइन । आफ्नो एक्स ह्याण्डलमा उक्त समाचारलाई उधृत गर्दै मस्कले लेखेका छन्ः यदि केही परिवर्तन भएन भने जापान रहने छैन ।

फेब्रुअरी २९ मा गरिएको यो पोस्ट अहिलेसम्म ७ करोड ९० लाखले हेरिसकेका छन् भने २५ हजार प्रतिक्रियाका साथै ४० हजार पटक पुनः पोस्ट गरिएको छ ।