२२ बैशाख २०८१, शनिबार
Follow Us

एमाले नेता डा. भट्टराई अष्ट्रियामा, नयाँ गठबन्धनले निकास दिने विश्वास

नेपालब्रिटेन डट कम्
१ चैत्र २०८०, बिहीबार २२:५५

भियना । प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी अष्ट्रियाको आयोजनामा नेपालको समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले स्थायी समिति सदस्य, परराष्ट्रविद तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा बोल्नुहुंदै डा भट्टराईले अहिलेको नेपालको राजनैतिक स्थायित्व र देशलाई गति दिन वर्तमान नवगठवन्धन बनेको र यसले देशको अर्थतन्त्र सुदृढ बनाउंदै बिकास निर्माण कार्यलाई अभि बढाउने बताउनु भयो ।

देशमा सुशासनको प्रत्याभूती दिलाउंदै र जनतामा देखिएको निराशालाई चिर्दै अग्रगमनको लागी यो सरकार निर्माण भएकोले प्रवासबाट समेत सकारात्मक सन्देश प्रवाह गर्न अपिल गर्नुभयो ।

प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी अष्ट्रियाकी सचिव बाबा राजेश्वरी थापाको अध्यक्षतामा संचालित सो कार्यक्रममा अष्ट्रियाको लागी नेपाली राजदुत भरत राज रेग्मीले आफ्नो छोटो कार्यकालमा नेपाली डायस्पोरा अष्ट्रियाबाट प्राप्त सहयोगबाट आफु अत्यन्त खुसी भएको र दुतावासबाट धेरै काम गर्ने प्रयास भैरहेको जानकारी गराउनु भयो ।

उनले विभिन्न संघ संस्थाहरुको सहभागीतामा र सुझावमै दुताबासले आफ्नो सिमा र कर्तब्य सम्झदै नेपालीहरुको सहयोगको लागी सदैव प्रयत्नशिल रहने बताउनु भयो ।

प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले मंचको विश्वब्यापी अभियान र यसको उधेश्य तथा कार्यदिशाबारे जानकारी दिंदै छोटो समयमा राष्ट्रिय कमिटी अष्ट्रिया र विशेष गरी यसको कार्यसमिति विगतमा गरेको कार्यक्रमहरुको प्रशंसा गर्दै आगामी दिनमा समेत दुतावास तथा अन्य संघसंस्था संगको हातेमालोमा मंच अग्रणी समाजिक संस्थामा कृयाशिल हुने विश्वास ब्यक्त गर्नुभयो ।

सो अवसरमा एनआरएन यूरोपका निवर्तमान संयोजक संन्तोष भट्टराई, एनआरएन अष्ट्रियाका पुर्व अध्यक्ष बिनोद चौलागाई, निवर्तमान यूरोप महिला उप-संयोजक निता सापकोटा, वरिष्ठ समाजसेवी राम बहादुर बिश्वकर्मा तथा समाजका लब्धप्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थित थियो ।

कार्यक्रमको संचालन मंचका उपसचिव दिनेश बैदावर क्षेत्रिले गर्नु भएको थियो ।