२७ बैशाख २०८१, बिहीबार
Follow Us

सूदुरपश्चिम प्रदेश सरकारलाई समर्थन जारी राख्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०८०, आईतवार १३:४८

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले काँग्रेस नेतृत्वको सूदुरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ।सो पार्टीको संसदीय दलको बैठकले नेपाली काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेको हो ।

आज बसेको बैठकमा नाउपाका ५ जना प्रदेश सदस्यहरु सहभागी थिए । २ जना भने अनुपस्थित भएका थिए । नाउपाले संघीय सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेपनि प्रदेशमा भने काँग्रेस नेतृत्वको पुरानै गठबन्धनलाई समर्थन जारी राखेको हो ।