२७ बैशाख २०८१, बिहीबार
Follow Us

यस्तो छ आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०८०, बिहीबार ०७:०७

काठमाडौं । आज बिहिबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरका डा. अरनिको पाण्डे, काठमाण्डुकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारीलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन ।

यस्तै मन्त्रिपरिषद बैठकले सँस्कृति पर्यटन मन्त्रालयको प्रस्तावमा नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल १ र जुगल २ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ ।

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा कोरिया र नेपालका आरोहीले हिमाल आरोहण गर्न लागेका हुन् ।

यसैगरी प्रशासन सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय पनि भएको बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन ।