१६ बैशाख २०८१, आईतवार
Follow Us

मधेश प्रदेशमा एमालेबाट ३ मन्त्रीले लिए शपथ

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०८०, शनिबार १४:०५

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन । उनले आज एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन ।

आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसकेका छन् ।

शनिबार मन्त्रिपरिषद विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन् । नेपाली कांग्रेस–माओवादी–जसपा गठबन्धन भत्किएरका नेकपा एमालेसहितको गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका थिए ।