१२ श्रावण २०८१, शनिबार
Follow Us

इलाम–२ उपनिर्वाचनका लागि राप्रपाले पठायो उम्मेदवारको नाम

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०८०, मंगलवार १०:१७

काठमाडौं । आगामी १५ वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको लागी इलाम–२ मा राप्रपा इलाम जिल्ला समितिले उम्मेद्वारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ ।

राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले जानकारी दिएका छन ।

बैठकमा राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापा, कोशी प्रदेश सभासद् गोपाल गजमेर र हल्दिबारी गाउँपालिकाका अध्यक्ष तथा राप्रपा इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनका संयोजक रवीन्द्र लिङ्देनको समेत उपस्थिति रहेको थियो ।