३० भाद्र २०८२, सोमबार
Follow Us

अफगानिस्तानमा ६२ तालिबान र नौ प्रहरी मारिए

nepalbritain news
२ श्रावण २०७५, बुधबार ०३:३६

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा आतङ्ककारी विरुद्ध जारी रहेको हवाई कारबाहीको क्रममा ६२ भन्दा बढी आतङ्ककारी मारिएका छन्।

गत २४ घण्टाभित्र भएका यस कारबाहीमा यी आतङ्ककारी मारिएका सेनाका प्रवक्ता यहया आलाभीले एक विज्ञप्तिमार्फत जानकारी दिए ।

कान्दाहार प्रान्तको मारोफ जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्षित गरी सो कारबाही गरिएको आलाभीले थप जानकारी दिए।

कारबाहीको क्रममा कान्दाहार प्रान्तको आर्घिस्तान जिल्लामा आतङ्ककारी र सुरक्षाबलबीच सोमबार राति भएको झडपमा परी नौ जना प्रहरी पनि मारिएका छन्।

यहाँको प्रान्तीय गभर्नरका प्रवक्ता दाउद आमेदीले सो कुराको जानकारी दिएका छन्।
डिसी नेपाल

धेरै पढिएको