२० बैशाख २०८१, बिहीबार
Follow Us

पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०८०, बिहीबार १३:५९

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिटेन्स भित्रिएको छ । विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिटेन्स २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स २५.३ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिटेन्स १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यो १४.८ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका असुसर यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार २७८ रहेको छ ।

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड
चालु आर्थिक बर्षको फागुन महिनासम्म शोधान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचत रहेको छ । विहिबार नेपाल राष्ट्रबैंकले सार्बजनिक गरेको पछिल्लो आठ महिनाको विवरणमा जानकारी दिएको हो । गत बर्ष यहि अवधिमा शोधान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँ बचत थियो ।

त्यस्तै राष्ट्रबैंकले फागुन मसान्तसम्म विदेशी मुद्राको  सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड रुपियाँ रहेको जनाएको छ । बैंकले अहिलेको विदेशी मुद्राको संचितीले १२.४ महिनाको वस्तुको आयत धान्न पुग्ने बताएको छ ।