१ असार २०८१, शुक्रबार
Follow Us

कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आव्हान

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०८०, बुधबार १४:१०

विराटनगर । कोशीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरे अनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन् ।

यसअघि प्रदेश सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो । तर प्रदेश प्रमुखले भने नेकपा एमाले र माओवादीका सांसदहरुले संसदको विशेष अधिवेशन बोलाउन गरेको माग अनुसार विशेष अधिवेसन आव्हान गरेका छन् ।