१४ असार २०८१, बिहीबार
Follow Us

मोडेल अनिता लिम्बु कान्स कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा (फोटोफिचर)

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०८१, शुक्रबार ०४:२८

काठमाडौं । हालसालै सम्पन्न विश्व प्रसिद्द कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सहभागी जनाएको कुराले धेरै मिडियामा छायो । हरेक बर्षको मे महिनामा फ्रान्सको कान्स शहरमा आयोजना हुने चलचित्र महोत्सव फिल्म र फिल्मसंग सम्बन्धित व्यक्तित्वका लागी निकै चासोको रुपमा रहने गर्दछ।

कान्स फिल्म फेस्टिभलको इतिहास लामो भएपनि नेपाली सेलेब्रेटीहरुको कान्स यात्रा धेरै भएको छैन । यसअघि नेपालबाट नायिकाहरु प्रियंका कार्की , सुरक्षा पन्त लगायतले सहभागिता जनाइसके पनि नेपाल बाहिर लन्डनबाट यस बर्ष मोडेल अनिता लिम्बुले पनि कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेकी छिन् । लन्डनमा हुने धेरै फेशन शोहरु देखि चर्चित टेलिभिजन रियालिटी शो सम्म सहभागिता जनाइसकेकी इटहरी, सुनसरकी मोडेल अनिताले धेरै नेपाली म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन ।